काठमाडौं । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आगामी निर्वाचनमा काँग्रेस एक्लै प्रतिष्पर्धा गर्ने बताउनुभएको छ ।
सोमवार काठमाडौंमा नेपाली काँग्रेसको सय दिने विशेष अभियानअन्तर्गत काठमाडौं महानगरस्तरीय भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आगामी निर्वाचन एक्लै लड्ने र बहुमत ल्याउने दाबी गर्नुभयो ।
उहाँले अहिलेको अभियान ०८४ कै तयारीको प्रारम्भ भएको उल्लेख गर्नुभयो । उहाँले आफूले गरेका राम्रा कामहरुको प्रचारप्रसार गर्न काँग्रेस अघि सर्नुपर्ने र कमी कमजोरीको पनि आफूले जस÷अपजस लिनुपर्ने बताउनु भयो ।
उहाँले राजनीतिक क्षेत्रमा जनताको अधिकारका लागि गरेका संघर्षहरु जनतामाझ पु¥याउनुपर्ने बताउनु भयो । जनताका अधिकार पूरा कार्यान्वयन गर्न धेरै काम गर्न बाँकी रहेको बताउनु भयो ।
नेता सिटौलाले नेपाली काँग्रेस पार्टीले गर्न नसके अरु कुनैपनि राजनीतिक दलले जनताको हितमा काम गर्न नसक्ने बताउनु भयो ।