काठमाडौं । नेपाली काँग्रेसका सांसद विमलेन्द्र निधीले वर्तमान सरकारको काम, कारबाहीप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
सोमवार साँझ जनकपुरधाममा महेन्द्रनारायण निधीको जीवनमा आधारित पुस्तक ‘नेपालका निधी’को लोकार्पण समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफू अहिलेको सरकारले गरेको काम, कारबाहीबाट सन्तुष्ट नरहेका र हुन पनि नचाहेको बताउनु भयो । उहाँले अहिलेको सरकारबाट आफूले धेरै कामको आशा पनि नगरेको बताउनु भयो ।
उहाँले धेरै आशा गर्दा काम कम हुने रिस उठ्ने भन्दै धरै काम होला भन्ने आश नरहेको बताउनु भयो । उहाँले वर्तमान सरकारले सम्झौताअनुसार दुई वर्षपछि इमान्दारितापूर्वक सत्ता हस्तान्तरण गर्नुपर्ने बताउनु भयो ।
सांसद निधीले सत्ता हस्तान्तरणमा विवाद आउनु नहुने बताउनु भयो ।