स्वतन्त्रताप्रेमी नेपालीहरुको योगदानबाटै अहिलेको उपलब्धि सम्भव: उपप्रधानमन्त्री सिंह


२५ मंसिर २०८१, मंगलवार १०:१७ मा प्रकाशित


काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले स्वतन्त्रताप्रेमी नेपालीहरुको योगदानका कारण अहिलेको उपलब्धि प्राप्त भएको बताउनुभएको छ ।


मंगलादेवी सिंहको जन्म शताब्दीको अवसरमा उहाँको शालिकमा माल्यार्पण गर्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताउनुभएको हो । उहाँले भेला हुन पाउने, बोल्न पाउने अधिकार नेपालीहरुको योगदानकै कारण सम्भव भएको बताउनु भयो ।

उहाँले मंगलादेवी सिंह नेपाली महिलाहरुको अधिकार प्राप्तिका लागि आन्दोलनको अगुवाई गर्ने व्यक्ति भइको बताउनु भयो । मंगलादेवी सिंहले नेपाली महिलाहरुको अधिकार र स्वतन्त्रताको लागि २०३६ सालमा जनमत संग्रहमा महिलाहरु एकीकृत गरेर बहुदललाई मत दिन आह्वान गर्न देशभर आन्दोलन र प्रचारप्रसार गर्नुभएको बताउनु भयो ।

उहाँले ०४२ सालको सत्याग्रह र ०४६ सालमा भएको जनआन्दोलनमा २०१७ सालमा गुमेको उपलब्धी फर्काउन स्व. सिंहले अविष्मरणीय योगदान गर्नुभएको बताउनु भयो । स्व. मंगलादेवीले आफ्नो जीवनकालमा पैतृक सम्पतीमा महिलालाई पनि अधिकार दिलाउनुपर्छ भनेर आवाज उठाउनुभएको बताउनु भयो । साथै उहाँले नीति निर्माण गर्ने थलोमा महिलाको सुनिश्चितता हुनुपर्ने आवाज उठाउनुभएको बताउनु भयो । 


उपप्रधानमन्त्री सिंहले महिलाहरुको पनि पुरुषसरह अधिकार हुनुपर्ने मागसहित २००४ सालमा मंगलादेवी सिंहले गर्नुभएको योगदानको स्मरण गर्नुभयो । महिलाहरुलाई मताधिकार दिनुपर्ने माग पनि स्व. मंगलादेवी सिंहले नै उठाउनुभएको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here