बुद्ध मूर्ती तोडफोडको विरुद्धमा चितवनमा विरोध र्‍याली


१० श्रावण २०७६, शुक्रबार १७:४५ मा प्रकाशित

चितवन । रुपन्दहीको तिलोत्तमा नगरपालिकामा भएको बुद्ध मूर्ती तोडफोडको विरुद्धमा चितवनमा आज विरोध र्‍याली निकालिएको छ ।

नेपाल अहिंसावादी बौद्ध धर्म विश्व शान्तिचक्र संघ चितवन, बौद्ध गुम्बाविहार संघ, नेपाल तामाङ घेदुङ चितवन, बौद्ध धर्म सेवा समितिले संयुक्तरूपमा र्‍याली निकालेको हो । ठूलो संख्यामा आफ्नो पहिचानको पोशाकमा निस्केका बौद्ध धर्मावलम्बीहरुले ‘बुद्ध हाम्रो प्राण हो, नेपाल हाम्रो शान हो र बुद्धको मूर्ती तोड्न पाइँदैन’ जस्ता नारा लगाउँदै बुद्धको मूर्ती तोड्नेलाई कार्वाहीको माग गरेका थिए । त्यस्तै, उनीहरुले विभिन्न बुद्धका सन्देश बोकेका पम्पलेटहरु पनि बोकेका थिए ।

यता, बुद्धको मूर्ती तोडफोड गरी हिंसा भड्काउनेलाई सरकार संघ, प्रदेश तथा प्रहरी प्रशासनसँग कार्वाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बहादुर बस्नेतमार्फत प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा हरेक नेपालीको आफ्नो आस्था विचार धर्म मान्न पाउनु अधिकार रहेको भन्दै यस्तो अधिकार कुल्चने प्रयास भएकाले घटनाको भत्सर्ना गरेका छन् ।

गएको, साउन १ गते राती रुपेन्देहीको तिलोत्तमा नगरपालिका स्थित शंकरनगर चोकदेखि नयाँ मिलसम्मको ६ लेनको सडकमा राखिएका पाँच वटा मूर्तीहरु तोडफोड गरी फालिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here