झापा । झापाको विर्तामोड स्थित मनकामना कलेजमा साइबर क्राइम र लागू औषध सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
समुदाय प्रहरी कार्यक्रम अन्तर्गात आज बिहान ८ बजेदेखी १० बजेसम्म उक्त कार्यक्रम गरिएको थियो । कार्यक्रममा मनकामना कलेजमा अध्यनरत कक्षा ११ र १२ का २ सय भन्दा बढि विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।






