एक बर्ष पुग्दा पनि निर्मलाले न्याय नपाएको भन्दै माइतिघरमा प्रदर्शन


१० श्रावण २०७६, शुक्रबार ११:०० मा प्रकाशित

काठमाडौं । नेपाल विद्यार्थी संघले निर्मलालाई न्याय भन्दै राजधानीमा प्रर्दशन गरेको छ ।

कंचनपुरकी निर्मला पन्तको गत वर्ष साउन १० गते बलात्कार पछि हत्या भएको थियो । एक वर्ष सम्म पनि सरकारले दोषी पत्ता लगाउन नसकेको भन्दै नेविसंघले शुक्रबार राजधानीको माईतीघर मण्डलामा प्रर्दशन गरेको हो । ‘निर्मलाले न्याय कहिले पाउँछिन् सरकार’ लेखिएको प्ले कार्ड बोकेका प्रर्दशनकारीले निर्मलाका हत्यारालाई पत्ता लगाउन नसकेको भन्दै गृहमन्त्री रामबहादुर थापाविरुद्ध नाराबाजी गरेका थिए ।

निर्मला हत्याको एक वर्ष भईसक्दा पनि घटनामा संलग्न दोषी पत्ता लगाउन नसक्दा सरकारको आलोचना हुदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here