नवलपुर जिल्ला अदालतको गाडीमा अज्ञात समूहद्वारा आगजनी


१० श्रावण २०७६, शुक्रबार ११:५७ मा प्रकाशित

नवलपरासी । पूर्वी नवलपरासीको कावासोतीमा जिल्ला अदालतको एक गाडीमा आगजनी भएको छ ।

नवलपुर जिल्ला अदालतका श्रेस्तेदार शारदादत्त बडु चढ्दै आएको गाडीमा बिहीबार राति दुई बजे अज्ञात समूहले आगजनी गरेको हो । प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले जिल्ला अदालतको बा २ झ ३५०२ नम्बरको गाडी श्रेस्तेदार बडुको क्वार्टर पार्किङ गरी राखिएको अवस्थामा जलाइएको बताए ।

गाडीको अगाडी भागमा आगलागी भएको अवस्थामा भेटिएको उनले बताए । आगजनीमा विप्लव समूहको संलग्नता हुनसक्ने प्रहरीको अशंका छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here