काठमाडौं । लिबियाको तटिय क्षेत्रमा करिब ३ सय शरणार्थी सवार पानीजहाज डुबेको छ ।
यात्रुले खचाखच भरिएको पानीजहाज डुब्दा कति मानवीय क्षति भयो भन्ने बारे तथ्यांक नआइसके बीबीसीले जनाएको छ । उक्त पानी जहाजमा कम्तीमा १ सय ५० जनाको ज्यान गएको हुनसक्ने अनुमान गरिएको छ । संयुक्त राष्ट्र संघीय शरणार्थी नियोगले शरणार्थी सवार पानीजहाज डुबेको उल्लेख गर्दै कम्तीमा १५० जनाको ज्यान गएको हुनसक्ने जनाएको छ । यद्यपि, तटरक्षकहरूले अहिलेसम्म १ जनाको मात्रै शव निकालेका छन् ।
जहाजमा डुबेका १५० जनाको उद्धार भएको बीबीसीले समाचारमा जनाएको छ । माछा मारिरहेका तटीय क्षेत्रका स्थानीयले उनीहरूको ज्यान जोगाइदिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । लिबियामा आज भएको पानीजहाज दुर्घटनामा १५० जनाकै मृत्यु भएको पुष्टि भएमा यो यस वर्षको अहिलेसम्मकै सबैभन्दा ठूलो दुर्घटना अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।





