गाजामा इजरायली आक्रमणबाट ९६ प्यालेस्टाइनीको मृत्यु


३ मंसिर २०८१, सोमबार १४:३४ मा प्रकाशित


गाजा पट्टीको उत्तरी र मध्य क्षेत्रमा इजरायली आक्रमणबाट ९६ प्यालेस्टाइनीको मृत्यु भएको हमासद्वारा सञ्चालित गाजा मिडिया कार्यालयले जनाएको छ ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले बेइट लाहियामा धेरै आवासीय भवनहरूमा आक्रमण गर्दा ७२ भन्दा बढी व्यक्तिको मृत्यु भएको बताएको छ । नुसेरात र अल–बुरेइज शिविरमा भएको बम आक्रमणमा २४ जनाको मृत्यु भएको मिडिया कार्यालयले जनाएको छ।

आक्रमणमा करिव ६० जना घाइते भएका छन् भने १५ जनाभन्दा बढी बेपत्ता भएका छन् । लक्षित भवनहरूमा दर्जनौं विस्थापित नागरिकहरू बसेका थिए । जसमा अधिकांश बालबालिका र महिलाहरू थिए । 
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here