सयपत्री फूल खेती आम्दानीको स्रोत बन्दै


१२ कार्तिक २०८१, सोमबार १०:०० मा प्रकाशित

काठमाडौं । डुङ्गेश्वर गाउँपालिका–६ सिस्नेटारस्थित सो सडकमा सार्वजनिक यातायातमा आवत जावत गर्ने यात्रु ढकमक्क फुलेका दृश्य हेरेर मोहित हुन्छन् । निजी सवारी साधनमा यात्रा गरिरहेकाहरु त   रोकेर मनमोहक सो दृश्यलाई समाजिक सञ्जाल  टिकटक बनाउन एवं तस्विर लिन आतुर हुन्छन् । 

कृषक देवेन्द्र गोदारले तीन रोपनी क्षेत्रफलमा लगाएको फूलखेतीले यात्रुको आँखा खिचेको हो ।  उनले वर्षदेखि फूलखेती गरेका हुन् । उनले भने, ‘गतवर्ष नेपालगञ्ज–रुपैडियाबाट व्यापारीले फूल किनेको थाहा पाएपछि फूलखेती थालनी गरेँ ।

उनले अघिल्लो वर्ष पनि दुई रोपनीमा सयपत्री फूल लगाएका हुन् । उनी भन्छन्, ‘गतवर्षको फूल नोक्सानी बेहोर्नुपरेको थियो । त्यो अनुभवले यो वर्ष चाहिँ अलि ढिलो साउन अन्तिम सातामा लगाएकाले तिहारकै बेला ढकमक्क फुलेको छ ।’ यस वर्ष कम्तीमा सात सय केजी फूल उत्पादन हुने र करिब दुई लाख आम्दानी हुने अनुमान उनले गरेका छन् । 

कृषि विकास कार्यालय दैलेखका प्राविधिक गणेशबहादुर शाहील जिल्लामा  फूलखेतीको संभावना राम्रो रहेको बताए । किसान देवेन्द्रले व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । सडकको छेउमै भएकाले उत्पादन गरेको तरकारी जिल्ला सदरमुकाम दैलेख बजार, चुप्रा, डुङ्गेश्वर र सुर्खेतसम्म पनि पठाउन सजिलो समेत भएको छ ।  उनले तीन जनालाई रोजगारसमेत दिएका छन् ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here