काठमाडौं – हरेक समाजमा आ– आफ्नै प्रकारका चाडपर्वहरु हुने गर्दछन् । मानिसहरुले यस्ता चाडपर्वहरुमार्फत आफ्नो खुसी व्यक्त गर्ने गर्दछन्। चाडपर्वहरुले समाजको सामाजिक तथा सांस्कृतिक परिचय पनि दिने गर्दछन् । सामाजिक एकता र मानिसहरुबीच भाइचारा तथा एकताको भावना विकास गर्न पनि चाडपर्वहरुको विशेष महत्व हुने गर्दछ ।
नेपाल सबैभन्दा धेरै चाडपर्व मनाउने देश हो, यहाँ विभिन्न धर्मका मानिसहरूले आ–आफ्नो परम्परा र संस्कृति अनुसार चाडपर्व मनाउने गर्दछन् । तिहार र दीपावलीको पर्व सुख र समृद्धिको पर्व हो । पाँच दिनसम्म चल्ने यो पर्व हिन्दुहरूले मनाउने दशैं पछिको सबैभन्दा ठूलो चाड हो । तिहार र दीपावली हाम्रो देशमा मात्र नभई विदेशमा पनि मनाइन्छ, यसैबाट यसको महत्व थाहा पाउन सकिन्छ । तिहारलाई उज्यालो वा बत्तीको पर्व पनि भनिन्छ ।
औंसीको कालो रात पनि तिहारमा गरिने दीपावलीले झलमल उज्यालो बन्छ । तिहारमा गरिने दीपावलीलाई असत्यमाथि सत्यको जितको साथैअन्धकारमाथि प्रकाशको प्रतीक मानिन्छ । यो धार्मिक आस्थाको प्रतीक मात्र नभएर सामाजिक, आध्यात्मिक, पौराणिक, ऐतिहासिक र आर्थिक महत्व पनि हो । यो पर्वले सामाजिक एकता बढाउने काम गर्छ ।
तिहार नेपालीहरुको अत्यन्त मौलिक साँस्कृतिक पर्व पनि हो ।
तिहारमा नेपालीहरुले काग, कुकुर र गाईको पूजा गर्दछन् । त्यस्तै कृषि औजारहरु हलो, ढिकी, जाँतोको पनि पूजा गरिन्छ । अर्थात् तिहार पर्वको महत्व बहु आयामिक छ । आफ्नो लागि चाहिने सबै चिज वस्तुहरुको सम्मान र संरक्षण गर्ने सन्देश यस पर्वले दिएको छ ।
यति मात्र होेइन यस पर्वको सामाजिक महत्व पनि निकै ठूलो छ, किनभने यस पर्वमा सबै धर्मका मानिसले एकसाथ रमाउने गर्छन् । यस दिन सबैले पूजा गर्छन् । उनीहरू एकअर्कालाई भेट्न जान्छन्, जसले सामाजिक सद्भाव सिर्जना गर्छ । आजको व्यस्त जीवनमा मानिसहरू एकअर्कालाई भेट्ने अवसर विरलै पाउँछन्, त्यसैले यस दिन मानिसहरू एकअर्कालाई भेट्ने र खुशी बाँड्ने दिनको रुपमा पनि लिन्छन् ।
प्रविधिको विकास र सामाजिक एकता विश्वमै कमजोर बनिरहेको अवस्थामा तिहार पर्वले मानिसहरुलाई नजिक बनाउने काम गरिरहेको छ । यो तिहारको महत्वपूर्ण सन्दर्भ हो । तिहारको साइत पारेर मानिसहरुले उपहार, सुन–चाँदीका गहना, भाँडाकुँडा, रासनका सामान, लुगा, मिठाइ आदि घरमा लैजान्छन् । यस दिन किनमेल गर्नाले घरमा कुनै पनि वस्तुको कमी नहुने र यस दिन किनमेल गर्नाले त्यो वस्तु फलदायी रहन्छ भन्ने धार्मिक विश्वास रहेकोछ ।
यसका साथै नेपालमा प्रायः सबै बाली मनसुनमा निर्भर हुन्छन् । त्यसैले गर्मीको बाली चाडको केही दिनअघि तयार हुन्छ । त्यसैले किसानले यो बाली काटेर बजारमा बेचेर आम्दानी गर्छन् । त्यसैले यो पर्वको आर्थिक महत्व झनै बढेको छ । तिहार उत्साह र खुसीको पर्व हो, जसको लागि सबै वर्षभरि पर्खिरहेका हुन्छन् । त्यसैले तिहारको धार्मिक, साँस्कृतिकको साथै आर्थिक महत्व पनि रहेको छ । ।
तिहार र दीपावली नेपालीहरुले परापूर्वकालदेखि मनाउँदै आएका छन् । यस पर्वलाई आफैँभित्रको अन्धकारलाई हटाएर सम्पूर्ण वातावरणलाई उज्यालो बनाउने पर्वको रुपमा मनाउँदै आइएको छ । यो पर्व नेपालभर उत्साहका साथ मनाइन्छ । तिहार र दीपावलीको दिन घर, पसल र प्रतिष्ठानहरूमा धेरै सजावट गरिन्छ र दीप प्रज्वलन गरिन्छ । बालबालिकाले आफ्नो इच्छाअनुसार बम, स्पार्कलर र अन्य पटाका किन्छन् र ठूला बच्चाहरूले गरेको आतिशबाजीको मजा लिन्छन् ।
तर पटाका पड्काउने र आतसबाजीको तिहाससँग कुनै सम्बन्ध छैन । यी कुराहरु भारतीय संस्कृतिबाट भित्रिएको हो । तर पटका र आतसवाजी पनि अहिले तिहारको अङ्गग बनिसकेका छन् । सावधानीपूर्वक यी चिजहरुको प्रयोग गर्नेतर्फ भने सजग हुन जरुरी छ । तिहार र दीपावलीलाई दीप, प्रेम र खुशी तथा समृद्धिको पर्वको रुपमा मनाउनु पर्दछ ।
तिहार तथा दीपावलीले सबैलाई अगाडि बढ्न प्रेरणा दिन्छ ।
दियोहरुको पर्व भएकोले मानिसलाई अन्धकारसँग लड्न पनि यस पर्वले उत्प्रेरित गर्दछ । तिहारको अर्को महत्व जीवनमा सधैँ आशावादी र खुशी रहनुपर्छ भन्ने रहेको छ । तिहार र दीपावलीको पर्व सांस्कृतिक र सामाजिक सद्भावको प्रतीक हो । त्यसैले यो पर्वको समाजशास्त्रीय महत्व पनि रहेको छ । जसले मानिसहरुलाई सामाजिक एकतामा बाँधेको छ ।