मेस्सीलाई एक खेलको प्रतिबन्धसहित १५ सय डलर जरिबाना


८ श्रावण २०७६, बुधबार १५:५६ मा प्रकाशित

काठमाडौं । अर्जेन्टिना तथा बार्सिलोनाका कप्तान लियोनल मेस्सीलाई कोपा अमेरिकामा एक खेलको प्रतिबन्ध लागेको छ । हालै ब्राजिलमा सम्पन्न कोपा अमेरिकामा विवादित प्रतिक्रिया दिएपछि मेस्सीलाई कारबाही गरिएको हो ।

मेस्सीलाई कोपा अमेरिका खेल्नै नपाउने हल्लाकाबीच साउथ अमेरिकन फुटबल कन्फेडेरेसनले एक खेलको प्रतिबन्ध लगाएको हो । एक खेलको प्रतिबन्धसँगै मेस्सीलाई १५ सय डलर जरिबाना समेत लगाएको छ । चिलीविरुद्धको तेस्रो स्थानका लागि भएको खेलमा रातो कार्ड खाएका मेस्सीले कोपा अमेरिका ब्राजिललाई जिताउन पूर्वयोजना भएको तथा प्रतियोगितामा संलग्न सबै पदाधिकारीले भ्रष्टाचार गरेको आरोप लगाएका थिए । उक्त रातो कार्ड उनको खेल जीवनको दोस्रो रातो कार्ड थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here