इजरयाली आक्रमणबाट लेबनानमा विस्थापितको संख्या झन्डै १२ लाख


२० आश्विन २०८१, आईतवार १०:५१ मा प्रकाशित


इजरायली हवाई आक्रमणका कारण लेबनानमा विस्थापित व्यक्तिहरूको संख्या झन्डै १२ लाख पुगेको छ । लेबनानी मन्त्रिपरिषद्को विपद् जोखिम व्यवस्थापन इकाईले जारी गरेको प्रतिवेदनमा उल्लेख सो संख्या उल्लेख छ ।

अहिलेसम्म लेबनानभरि विस्थापित व्यक्तिहरूलाई आश्रय दिन ८६७ केन्द्रहरू खोलिएको छ । कोही भागेर अन्य देशमा गएपनि कतिपयले सबैभन्दा लक्षित क्षेत्र छोड्न अस्वीकार गरेका छन् । लेबनान अहिले गरिबीमा रहेको र जनताहरु पीडित रहेको बताउनु भयो । 
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here