प्रतिनिधिसभाको बैठक २ बजे बस्दै, प्रतिपक्षी दल कांग्रेसले सार्वजनिक महत्वको प्रस्ताव पेश गर्ने


८ श्रावण २०७६, बुधबार १३:४३ मा प्रकाशित

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सार्वजनिक महत्वको प्रस्ताव पेश गर्ने भएको छ ।

लामो समयदेखि अवरुद्ध हुँदै आएको बैठकमा कांग्रेसले आज प्राकृति प्रकोपसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराउने भएको हो । सभामुख कृष्णबहादुर महराको कार्यकक्षमा भएको छलफलमा सार्वजनिक महत्वको प्रस्तावमा सहमति भएपछि बैठक सञ्चालन हुने निश्चित भएको हो ।

यसअघि १ बजेका लागि निर्धारत प्रतिनिधि सभाको बैठक २ बजेका लागि सारिएको छ भने १ बजे कार्यव्यवस्थाको बैठक बोलाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here