नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु


१८ आश्विन २०८१, शुक्रबार १६:५३ मा प्रकाशित



काठमाडौं । नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु भएको छ ।


विश्वलाई शान्तिमय बनाउने मुल उद्देश्यका साथ मानवीय सभ्यताका विविध विषयमा छलफल शुरु गरिएको हो । विश्वभरका सभ्यता सम्बन्धि अनुसन्धानकर्ताहरु सहभागी भएर सभ्यतामार्फत शान्तिमय विश्व बनाउने उद्देश्य सम्मेलनले लिएको अनुसन्धानकर्ता डा. विक्रम तिमिल्सिनाले जानकारी दिनुभयो । 


भारत, चीन, अमेरिका, पाकिस्तान, संयुक्त अरब ईमिरेट्स, क्यानडा, हङकङ लगायतका देशहरु सहभागी रहेको तीन दिने सम्मेलन शुक्रवारबाट काठमाडौं शुरु भएको छ । शनिवार र आईतवार (भोलि र पर्सी) भने सो सम्मेलन नगरकोटमा आयोजना हुनेछ ।

सभ्यतालाई विश्वशान्तिको माध्यामको रुपमा अघि बढाउने सो अन्तर्राष्ट्रिय सम्मेलनको जोड छ । अनुसन्धानकर्ता डा. तिमिल्सिनाले सम्मेलनको सो निचोडलाई विश्वशान्ति कायम गराउने बौद्धिक सम्पतीको रुपमा अघि बढाइने लक्ष्य लिइएको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here