एन्फा महिला लिगः पुलिससँग संकटा पराजित, पहिलो चरणको खेल सकियो


१८ आश्विन २०८१, शुक्रबार १७:४७ मा प्रकाशित

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लवले शुक्रवार संकटा क्लवमाथि जित निकालेसँगै एन्फा महिला लिगको पहिलो चरणका खेल समाप्त भएका छन् ।


सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा लिगको पहिलो चरणको अन्तिम खेलमा पुलिस र संकटाले प्रतिस्पर्धा गरेका थिए । जहाँ विभागीय टोली पुलिसले संकटा क्लवमाथि २–१ को जित निकाल्दै लिगमा छैटौं जित निकालेको हो । पुलिसको जितमा अनुष्का शेर्पा र समीक्षा शेर्पाले गोल गरिन् । संकटाकी सेलिना एनिमाले गोल फर्काएकी थिइन् । लिगमा यसअघि नै शीर्ष पाँचमा रहेर सुपर लिगमा पुग्ने टोलीको टुङ्गो लागिसकेको थियो । तर दुवै टोली पहिलो चरणको अन्तिम खेल जित्दै पहिलो चरणको खेल पूरा गर्न चाहन्थे ।


प्रतिष्पर्धात्मक खेलमा जित निकाल्दै पुलिसले तेस्रो स्थानका लागि अंकतालिकामा अग्रता लियो । यता, संकटाले भने नवौं खेलमा पाँचौं हार व्यहोर्दै लिग यात्रा टुङ्गायो । हारपछि संकटाले छैटौं स्थानमा रहेर लिगको यात्रा टुङगाउने अवसर पनि गुमाउन पुग्यो । संकटा छैटौं स्थानको वागमती युथ क्लवभन्दा तीन अंकले मात्र बढी छ । समान ९ खेलबाट वागमतीको १० अंक र संकटाको ८ अंक छ । पुलिसविरुद्ध जितले संकटा छैटौं स्थानमा उक्लिने थियो । यद्यपि, संकटाको शुरुवात राम्रो हुन सकेन र खेलको तेस्रो मिनेटमा संकटाले अग्रता लियो ।


अनुष्का शेर्पाको गोलबाट पुलिसले अग्रता लिएको हो । सम्झना लावतीको उत्कृष्ट पासमा उनले करिब ९ यार्डनजिकबाट गोल गरेकी हुन् । उनको पहिलो प्रहार संकटाकी गोलकिपर झरना नगरकोटीले शुरुमा बचाइन् । तर, सो बल रिबाउण्ड भएपछि उनले हेडमार्पmत बललाई जाली चुमाएकी हुन् । छैटौं मिनेटमै निरु थापाको गोल गर्ने उत्कृष्ट अवसरमा संकटाकी गोलकिपर झरनाले लडाएपछि पुलिसले पेनाल्टी प्राप्त ग¥यो । उक्त पेनाल्टी हान्न आएकी समीक्षा घिमिरेको पहिलो प्रहार झरनाले बचाइन् । तर झरनाले बल नियन्त्रणमा लिन भने सकिनन् र रिबाउन्ड बलमा समीक्षाले गोल गरिन् ।


त्यो गोलसँगै पुलिस २–० ले अगाडि रह्यो । त्यसपछि पहिलो हाफमा दुवै तर्पmबाट थप गोल हुन सकेन । दोस्रो हाफमा संकटाले खेलमा फर्कने प्रयास ग¥यो । ७३औं मिनेटमा संकटाले खेलमा फर्कने अवसर पायो । पेनाल्टी बक्सभन्दा थोरै बाहिर पुलिकी पुञ्जली कुसवारले तेमिलोपे जेनिफरलाई लडाएपछि संकटाले फ्रिकिक पायो । सो अवसरमा सेलिना एनिमाले उत्कृष्ट फ्रिकिक गर्दै संकटालाई खेलमा फर्काउने संकेत गरिन् । ८८औं मिनेटमा पुलिसकी अनुस्का शेर्पा टोलीको अग्रता बढाउने अवसरमा चुकिन् । 


उनी संकटाकी गोलकिपर झरनासँग वान भर्सेस वानमा चुकेकी हुन् । यता, संकटाले पनि खेलमा फर्कन लगातार संघर्ष गरे पनि सफल हुन सकेन र हारसँगै पहिलोपल्ट सहभागी महिला लिगबाट बाहिरियो । यसअघि नै एपिएफ, त्रिभुवन आर्मी, नेपाल पुलिस, वालिङ नगरपालिका र कोशी प्रदेश लिगको शिर्ष पाँच स्थानमा रहँदै सुपर लिगमा स्थान बनाउन सफल भइसकेका छन् । एन्फाले सुपर लिग आयोजनाबारे मिति तय गरेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here