सिंहदरबारमा विपद् व्यवस्थापन कार्यकारिणी समितिको बैठक जारी


१४ आश्विन २०८१, सोमबार ११:०४ मा प्रकाशित

काठमाडौं । विपद् व्यवस्थापन कार्यकारिणी समितिको बैठक शुरु भएको छ ।


सोमवार बिहान राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणमा  समितिको बैठक शुरु भएको हो । अविरल वर्षाले भएको जनधनको क्षतिबारे छलफल गर्न बैठक बसेको हो ।

गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको बैठकमा असोज ११ र १२ गते बाढी, पहिरो र डुबानका कारण भएको क्षतिबारे छलफल गरी खोज, उद्धार, राहत र पुनर्निर्माणबारे निर्णय हुने बताइएको छ ।

बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री र मन्त्रालयका कर्मचारी एवं सुरक्षा निकायका पदाधिकारी र प्राधिकरणका विज्ञहरु सहभागी हुनुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here