लेबनानमाथि इजरायलले गरेको पछिल्लो आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु


१३ आश्विन २०८१, आईतवार १३:२४ मा प्रकाशित

 इजरायलले लेबनानमा आक्रमण जारी राखेको छ । आक्रमण चलिरहँदा दिनहुँ कयौँ हताहत भइरहेका छन् । 

स्थानीय सञ्चार माध्यमहरूले छापेका खबरका अनुसार दक्षिण लेबनानमा रातरात भएका यी आक्रमण कम्तीमा ६ जनाको मृत्यु भएको छ । अरू नौं जना उत्तरपूर्वी लेबनानमो हिजबुल्लाहको गढ मानिएको बेका उपत्यकामा भएको बताइएको छ ।

अरबी पत्रिका अन–नहारले बताएअनुसार दक्षिण लेबनानको अनक्वोन शहरमा ३ जना मारिएका छन् । अरू तीन जना नाबातेहको उत्तरी क्षेत्रमा मारिएका हुन् । बेना उपत्यका क्षेत्रमा बालबालिका, आमासमेत सिरियाली एकै परिवारका ९ जना मारिएको अर्को समाचारमा पत्रिकाले भनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here