बाढी, पहिरो र डुबानमा परेकाहरुलाई तत्काल राहत, उद्धार र क्षतिपूर्ति उपलब्ध गराउने सरकारको निर्णय


१३ आश्विन २०८१, आईतवार १०:५४ मा प्रकाशित


काठमाडौं । सरकारले बाढी, पहिरो र डुबानमा परेकाहरुलाई तत्काल राहत, उद्धार र क्षतिपूर्ति उपलब्ध गराउने भएको छ ।


शनिवार अपरान्ह सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाउनुभएको सुरक्षा अंगका प्रमुखहरुहरुसहितको मन्त्रीहरुको आपतकालीन समन्वयात्मक बैठकले अविलम्व पीडितको राहत, उद्धार र क्षतिपूर्ति उपलब्ध गराउने कार्यमा जुट्न मातहतका सबै निकायलाई निर्देशन दिएको हो ।

कानून बमोजिम पीडितहरुले पाउने राहत पनि तत्काल उपलब्ध गराउने निर्णय गरिएको नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

बैठकले अवरुद्ध सडक, विद्युत, टेलिफोन लगायतका अत्यावश्यक बस्तुहरु तत्काल सुचारु गराउन पनि सम्बन्धित मन्त्रालयलाई सचेत गराएको छ । भएको छ, उहाँहरुप्रति हाम्रो श्रद्धाञ्जली छदैछ । उहाँहरुको परिवारजनमा हामी समवेदना व्यक्त गर्न चाहन्छौं । उहाँहरुलाई दिनुपर्ने राहतको कुराहरु हामी अविलम्व उपलब्ध गराईहाल्छौं ।’
बैठकले विपद्मा परी ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना पनि व्यक्त गरेको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here