पाँचथरमा पहिरोले घर पुरिदा २ जनाको मृत्यु


१२ आश्विन २०८१, शनिबार ०९:४४ मा प्रकाशित

पाँचथर । निरन्तर भइरहेको बर्षाका कारण पहिरोले घर पुरिंदा पाँचथरमा दुई जनाको मृत्यु भएको छ । फिदिम नगरपालिका–४ स्थित आदिवासी जनजाति भवनसँगै रहेको घर पहिरोले पुर्दा २४ बर्षीया सपना शेर्पा र उनकी छोरी ५ बर्षीया डोल्मा शेर्पाको मृत्यु भएको हो ।

फिदिम–१२ स्थायी घर भएका उनीहरु फिदिम–४ गढीमा डेरा बस्दै आएका थिए । साथीको घरमा सुत्न गएका उनीहरुको पहिरोमा पुरिएर मृत्यु भएको हो ।

आज (शनिबार) बिहान साँढे तीन बजेतिर पहिरो गएको थियो । उक्त घरमा रहेका अन्य ३ जना भने भाग्न सफल भएका जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

आमा–छोरीको शवलाई निकालेर पोष्टमार्डमका लागि जिल्ला अस्पताल पठाइएको फिदिम नरपालिकाका नगर प्रहरी प्रमुख सुजन पुरीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here