संविधानले जनयुद्ध चिन्दैनः एमाले सांसद न्यौपाने


३१ भाद्र २०८१, सोमबार १४:२८ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेकी राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले संविधानले जनयुद्ध नचिन्ने बताउनुभएको छ । सोमवार राष्ट्रिय सभामा बोल्द उहाँले संविधानले जनयुद्ध नचिन्ने बताउनुभएको हो । उहाँले अहिले धेरै पटकसम्म यो जनयुद्ध हो की होइन, जनयुद्ध, हिंसा भन्ने विषयमा धेरै बहस चलेको बताउनु भयो ।

उहाँले संविधानले सशस्त्र द्वन्द्वलाई चिन्ने भएकाले संविधानले चिनेको शब्द भन्नुपर्ने बताउनु भयो । उहाँले पार्टीका कार्यक्रममा, दस्ताबेजमा लेख्नेकुरा छुट्टै भएको भन्दै संविधानले चिनेको कुरालाई संसदमा बोल्दा उचित हुने धारणा राख्नुभयो । 

सांसद न्यौपानले चाडवाड लक्षित अनुगमनलाई प्रभावकारी बनाउन आग्रह गर्नुभयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here