सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा माओवादी सांसद मायाप्रसाद शर्मा निर्वाचित


३१ भाद्र २०८१, सोमबार १४:१२ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा मायाप्रसाद शर्मा निर्वाचित हुनुभएको छ ।


सोमवार उहाँको एकल उम्मेदवारी परेसँगै उहाँले निर्वाचित हुनुभयो । उहाँले राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालबाट पद तथा गोपनियताको शपथ ग्रहण समेत गर्नुभयो । नेकपा (माओवादी केन्द्र) का सांसद शर्मा यसअघि पनि सोही समितिको सभापति हुनुहुन्थ्यो ।

सभापतिमा निर्वाचित भएपछि समिति सभापति शर्माले कानून निर्माणका हिसावले धेरै राम्रो भएको र प्रत्यायोजित विधायनलाई नियन्त्रित गरेको बताउनु भयो । उहाँले समितिले सरकारलाई समितिको तर्फबाट दिइएका काम कारबाहीको कार्यान्वयन गर्न दबाब दिने काममा समिति सफल भएको बताउनु भयो ।

उहाँले कार्यान्वयन भए/नभएको बारेमा मन्त्रीहरुसँग छलफल गर्ने थप निर्देशन दिने काम गरेको बताउनु भयो । समिति सभापति शर्माले समितिका कामकारबाही आगामी दिनमा अझ व्यवस्थित र सक्रिय बनाउने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here