अपांगता भएकाहरुलाई राज्यले सहयोगीको व्यवस्था गर्नुपर्छः स्वास्थ्यमन्त्री पौडेल


३१ भाद्र २०८१, सोमबार १४:०४ मा प्रकाशित

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अपांंगता भएका व्यक्तिलाई राज्यले सहयोगी उपलब्ध गराउन आवश्यक रहेको बताउनुभएको छ ।


सोमवार कोरियाली सरकारको सहयोगमा अपांगता भएका व्यक्तिलाई सहायता सामग्री उपलब्ध गराउने कार्यक्रममा बोदै उहाँले सो कुरा बताउनुभएको हो । मन्त्री पौडेलले अपांगता भएका व्यक्तिलाई सहयोगी चाहिन्छ भन्ने कुरा राज्यलाई स्वीकार गराउन आफूहरुले पहल गरिरहेको पनि बताउनु भयो ।

घर परिवारले मात्रै उहाँहरुलाई सहयोगीको रुपमा सधैँ काम गर्न सकिने अवस्था नरहेकाले पनि राज्यले स्रोत सुनिश्चित गरेर उनीहरुका लागि सहयोगी उपलब्ध गराउनुपर्ने उहाँको भनाई थियो । मन्त्री पौडेलले अपांगतामैंत्री भौतिक पूर्वाधारका निर्माणका लागि नीतिगत व्यवस्था अनिवार्य लागू गराउन जरुरी रहेको पनि बताउनु भयो ।

उहाँले अपांगता भएका व्यक्तिहरुलाई स्वास्थ्य विमाले मात्रै नपुग्ने भएकाले त्यसमा पनि सरकारले पुनर्विचार गरेर अघि बढ्ने आश्वासन समेत दिनुभयो । मन्त्री पौडेलले सरकारले अपांगता भएका व्यक्तिहरुका लागि आवश्यक सहायता उपलब्ध गराउने कार्यका लागि स्रोतको खोजी गरिरहेको पनि बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here