भियतनाममा यागी आँधीका कारण ८२ जनाको मृत्यु


२६ भाद्र २०८१, बुधबार ११:११ मा प्रकाशित

भियतनामको उत्तरी क्षेत्रमा आएको सुपर टाइफुन यागी र त्यसपछि आएको बाढी र पहिरोले मंगलवार दिउँसो ८२ जनाको मृत्यु भएको छ । अन्य ६४ जना बेपत्ता रहेको देशको कृषि तथा ग्रामीण विकास मन्त्रालयले जनाएको छ ।

हिमाली प्रान्त काओ बाङमा १९ जनाको मृत्यु र ३६ जना बेपत्ता भएका छन् । मृत्यु हुनेमा लाओ काई प्रान्तका १९, येन बाई प्रान्तका २२, क्वाङ निन्ह प्रान्तका ९ जना समेत रहेको बताइएको छ ।

अन्य मृत्यु राजधानी हनोई, हाई फोङ शहर, होआ बिन, हाई डुओङ, लाङ सन, टुएन क्वाङ, हा जियाङ र लाइ चाउ प्रान्तका थिए । मन्त्रालयको डाइक व्यवस्थापन तथा विपद् रोकथाम तथा नियन्त्रण विभागका अनुसार शक्तिशाली हावासहितको आँधी यागीले तटीय प्रान्त क्वाङ निन्ह र हाई फोङ सहरका ४८ हजार ३३७ घरमा क्षति पु¥याएको छ । उत्तरी क्षेत्रमा मंगलवार र बुधवार पानीको बहाव बढ्ने अनुमान गरिएको छ । 
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here