विपीले अगाडि सार्नुभएका नीतिहरु आज पनि समय सान्दर्भिक छन्ः वनमन्त्री ठकुरी


२४ भाद्र २०८१, सोमबार १४:४२ मा प्रकाशित

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले विपी कोईरालाले अगाडि सार्नुभएका नीतिहरु आज पनि समय सान्दर्भिक रहेको बताउनुभएको छ ।


सोमवार सिंहदरबार परिसरमा विपीको १११ औं जन्यजयन्तीको अवसरमा वृक्षारोपण गर्दै मन्त्री ठकुरीले यस्तो बताउनुभएको हो । विपीको लोकतान्त्रिक समाजवाद र प्रजातान्त्रिक समाजवादको  परिकल्पना र उहाँले देखाउनुभएको बाटो आज पनि समय सान्दर्भिक रहेको बताउनु भयो ।

विपीलाई जति स्मरण गर्छौं त्यति नै आज देशका लागि लोकतन्त्र, प्रजातन्त्र र गणतन्त्रप्रतिको सम्मान हुने बताउनु भयो । मन्त्री ठकुरीले विपीको स्मरणमा आज रोपिएको रुखले नेपालको सन्दर्भमा वातावरण र यससँग जोडिएका समग्र विषयमा महत्वपूर्ण योगदान दिने उल्लेख गर्नुभयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here