यसपालि सभापतिमै चुनाव लड्नुपर्ला जस्तो छः शशांक कोईराला


२४ भाद्र २०८१, सोमबार १४:४४ मा प्रकाशित

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. शशांक कोईरालाले आगामी महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बन्ने बताउनुभएको छ । सोमवार काठमाडौंमा विश्वेश्वरप्रसाद कोईरालाको १११ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले यस पटक पार्टी सभापतिमा उठ्ने भन्दै भविष्यमा निर्धारण हुने पनि बताउनु भयो । उहाँले विपीको छोरो हुने बित्तिकै आफूलाई हरेक कुरामा सबैभन्दा अगाडि सार्ने काम गरेको पनि बताउनु भयो । उहाँले आफूले सहजै निर्वाचन जित्ने गरेको र अहिलेसम्म पाँच पटक जितिसकेको बताउनु भयो ।

उहाँले ठूलो मान्छे नभइ असल मान्छे हुनुपर्नेमा विपीले जोड दिनुभएको स्मरण गर्दै असल मान्छे हुन पनि कठिन रहेको बताउनु भयो । सांसद कोईरालाले विपी व्यक्ति भन्दा पनि एउटा विचार भएको उल्लेख गर्नुभयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here