दुर्घटना बढी हुने ठाउँहरुमा ट्रमा सेन्टर बनाउँछौँः मन्त्री दाहाल


२३ भाद्र २०८१, आईतवार १५:३८ मा प्रकाशित


काठमाडौं ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडक दुर्घटना बढी हुने ठाउँहरुमा ट्रमा सेन्टर बनाउने अवधारणाअनुसार मन्त्रालयले काम गरिरहेको बताउनुभएको छ ।


आईतवार मन्त्रालयमा सडक सुरक्षासम्बन्धी छलफलमा बोल्दै मन्त्री दाहालले यस्तो बताउनुभएको हो । उहाँले धेरै सडक दुर्घटना भइरहका ठाउँलाई लक्षित गरी ट्रमा सेन्टर बनाउने विषयमा सम्बन्धित मन्त्रालयहरुसँग पनि छलफल भइरहेको बताउनु भयो ।

उहाँले दुर्घटनामा तत्काल उद्धार नहुँदा मानिसहरुले अकालमा ज्यान गुमाइरहेको भन्दै व्यवस्थित गर्ने बारेमा सरकार गम्भीर रहेको बताउनु भयो । उहाँले रोड सेफ्टी काउन्सिल गठन आदेशबाट मात्रै चलेको र त्यससम्बन्धी कानूनहरु नबनाइएको भन्दै सरकार अब फास्ट ट्रयाकबाट कानून बनाउने गरी अघि बढिरहेको पनि बताउनु भयो । 


मन्त्री दाहालले उपत्यकाको ट्राफिक लाइटलाई व्यवस्थित बनाइने पनि उल्लेख गर्नुभयो । खाल्डाखुल्डीरहित नेपाल बनाउन आफूहरु लागेको पनि बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here