विप्लव समूहको आरोपमा पक्राउ परेका कांग्रेस कार्यकर्ता छुटे


६ श्रावण २०७६, सोमबार १७:०७ मा प्रकाशित

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको गतिविधिलाई सघाएको आरोपमा जिल्ला प्रहरी कार्यालय गोरखाले नियन्त्रणमा लिएको नेपाली कांग्रेसको शुभेच्छुक संस्थामा आवद्ध एक स्वास्थ्यकर्मीलाई प्रहरीले छाडेको छ ।

गोरखा नगरपालिका १० छेपेटारस्थित सहरी स्वास्थ्य केन्द्रमा कार्यरत सिनियर अहेव रामचन्द्र पाण्डेलाई प्रहरीले सोमबार छाडेको हो । विप्लव समूहको गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले आइतबार पाण्डेलाई पक्राउ गरेको थियो गोरखाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले आवश्यक अनुसन्धानपछि तारेखमा रहने गरी पाण्डेलाई छाडिएको जानकारी दिए । ‘सोधपुछ गरेर तारेखमा छाडेका छौं,’ अधिकारीले सेतोपाटीसँग भने ।

छेपेटार निवासी पाण्डे कांग्रेस शुभेच्छुक संस्था नेपाल स्वास्थ्यकर्मी संघ गोरखा उपाध्यक्ष, निजामती कर्मचारी युनियन (संघ) को जिल्ला सदस्य र स्वास्थ्यकर्मीको साझा संस्था नेपाल स्वास्थ्यकर्मी संघको गण्डकी प्रदेश उपाध्यक्ष छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here