काठमाडौं । वीपीको सम्झनामा नेपाली कांग्रेस निकट विद्यार्थीहरुले रौतहटको गढीमाई नगरपालिकाको लक्ष्मीपुरमा बाढी प्रभावितहरुका लागि स्वास्थ्य शिविर सञ्चालन गरेका छन् ।
३३औं वीपी स्मृतिको अवसर पारेर नेपाल विद्यार्थी संघ टिचिङ अस्पतालका डाक्टरसहितको टोली लिएर लक्ष्मीपुर पुगेको हो । निःशुल्क स्वास्थ्य शिविरमा ५०० भन्दा बढीको स्वास्थ्य जाँच गरिएको नेविसंघका निवर्तमान केन्द्रीय सदस्य दीपक भट्टराईले जानकारी दिए ।
बाढी प्रभावितहरुलाई केही सहयोग होस् भनेर वीपीको स्मृतिमा आफूले तराईमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको उनको भनाइ छ ।





