काँकरभिट्टाबाट ५ सय केजी प्रतिबन्धित मासु पक्राउ गरी नष्ट


६ श्रावण २०७६, सोमबार १६:४७ मा प्रकाशित

काँकरभिट्टा । सशस्त्र प्रहरीले करीब ५ सय केजी प्रतिबन्धित मासु सोमबार पक्राउ गरी नष्ट गरेको छ ।

भारतबाट नेपालतर्फ आयात गर्ने क्रममा झापाको मेचीनगर—७ स्थित भान्साखोला क्षेत्रबाट उक्त परिमाणको मासु सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गुल्म झापा राजस्व एवम् भन्सार सुरक्षा गुल्मले पक्राउ गरेको थियो । प्लाष्टिकमा ११ केजीका दरले मेशीनले प्याकगरी काटनमा राखेर महिलाहरुले ल्याउदैं गर्दा प्रहरीलाई देखेर भागेका थिए । प्रहरीले नियन्त्रणमा लिएको मासु गोरुको हुन सक्ने आशंका गरेको छ ।

सबै मासु पशु क्वारेन्टाइन कार्यालयका पशु चिकित्सक मुकेशकुमार सिहं, जनप्रतिनिधि राजकुमार श्रेष्ठ, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी सहायक निरीक्षक बमबहादुर श्रेष्ठसहित पत्रकार अधिकारकर्मीको रोहबरमा खाल्डो खनेर नष्ट गरिएको सशस्त्र प्रहरी निरीक्षक चिरञ्जिवी प्रसाईले जानकारी दिए । नेपाल सरकारले पंक्षी तथा पंक्षी जन्य वा मासु तथा मासुजन्य पदार्थको आयातमा रोक लगाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here