जनताप्रति प्रतिबद्ध भएर कामगर्न मुख्यमन्त्रीको निर्देशन


६ श्रावण २०७६, सोमबार १६:०२ मा प्रकाशित

विराटनगर । प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले जनताप्रति प्रतिबद्ध भएर एवम नैतिक मुल्यमान्यताको जगमा उभिएर कामगर्न कार्यालय प्रमुखहरुलाई निर्देशन दिएका छन् ।

आकस्मिक रुपमा मुख्यमन्त्री कार्यालयमा बोलाइएका कार्यालय प्रमुखहरुलाई निर्देशन दिँदै मुख्यमन्त्री राईले पछिल्लो समय भ्रष्टाचार र कमिशन लिएका घटनाहरु सार्वजनिक भइरहेको बताउँदै त्यस्तो बिषय क्षम्य नहुने चेतावनी दिए । उनले प्रदेश मातहतका कार्यालयमा घुुुस लिने र रकम संकलन गर्ने गरेको थुप्रै सुचना आफुसँग रहेको भन्दै त्यस्ता कर्मचारी चाडै कार्वाहीको दायरामा आउने बताए ।

वन कार्यालयका प्रमुखलाई घुस सहित अख्तियारले रंगेहात पक्राउ गर्नु प्रदेश सरकारकै लागी दुःखको कुरा भएको भन्दै माथी मिलाउनुपर्छ भनेर कसको आडमा कर्मचारीहरुले खुलेआम कार्यालयमा अनियमितता र घुस लिई रहेको छन् त्यो सुचना दिन कार्यालय प्रमुखहरुलाई उनले आग्रह गरे । मुख्यमन्त्री, मन्त्री, प्रमुख सचिव तथा मंत्रालयका सचिव कसको निर्देशनमा कर्मचारीहरुले कमिशन कलेक्सन गरि रहेको छन् त्यो प्रष्टपार्नु आवश्यक रहेको उनले बताए ।

मुख्य मन्त्री राईले अब आफु चुप लागेर नबस्ने बताउँदै कार्यालयमा कमिशन र भ्रष्टाचार गरेको पाइएमा एक घन्टाभित्र एक्सन लिने समेत चेतावनी दिए । मुख्यमन्त्री काममा सुस्तभए भन्ने आरोप लागेको छ अब त्यो आरोप मिथ्या सावित हुने र सरकार अब विकास र समृद्धिको पथमा तिव्र गतिमा अघि बढने उनले बताए ।

संघियता कार्यान्वयसंगै राष्ट्रसेवक कर्मचारीमाथी ठुलो जिम्मेवारी आएको भन्दै कुनै लोभ लालच नराखी जनताप्रती प्रतिबद्ध भएर कामगर्न कर्मचारी लाग्नुपर्ने उनको भनाई थियो । मुख्यमन्त्री राईले गतवर्षको बजेट चार महिना अघि कार्यान्वयमा आएकाले असार मसान्त सम्म विकासमा खर्च गर्नु परेको प्रष्ट पारे । उनले विगतका वर्षमा जेभएपनि चालुु आर्थिकवर्षको बजेट कार्यान्वयनका लागी प्रदेश सरकारले एक्सन प्लान बनाएर अघि बढने तयारी गरि रहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here