फिलिपिन्समा बाढी र पहिरोमा परी ११ जनाको मृत्यु


१८ भाद्र २०८१, मंगलवार ११:०४ मा प्रकाशित

फिलिपिन्समा उष्णकटिवन्धीय आँधीका कारण आएको बाढी र पहिरोमा परी ११ जनाको मृत्यु भएको छ । आँधीले मेट्रो मनिला लगायत देशको मुख्य लुजोन टापुका अधिकांश भागमा पानी परेको छ । फिलिपिन्समा इन्टेंग भनिने यागी यस वर्ष देशमा आएको पाँचौं आँधी हो ।

फिलिपिन्समा हरेक वर्ष औसत २० वटा टाइफुन आउँछन् । द्वीपसमूह उष्णकटिबन्धीय चक्रवातहरूको लागि जोखिममा छ ।  २०१३ मा हैयान टाइफुनले ६ हजार ३ सय जनाको ज्यान लियो । देशमा अनुमानित १२.९ बिलियन अमेरिकी डलर क्षति भएको थियो । 
सिन्ह्वाको सहयोमगा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here