ग्लोवल आइएमई बैंकको ‘ग्लोवल जुनियर’ एप सार्वजनिक


१७ भाद्र २०८१, सोमबार १८:१८ मा प्रकाशित

काठमाडौं । ग्लोवल आइएमई बैंकले ‘ग्लोवल जुनियर’ एप सार्वजनिक गरेको छ । बैंकिङ क्षेत्रमै पहिलोपटक बालबालिकालाई लक्षित गरी बैंकले ग्लोबल जुनियर एप सञ्चालनमा ल्याएको हो ।

बालबालिकालाई सानैदेखि बैंकिङ कारोबारसम्बन्धि अभ्यस्त गराउन यो एप ल्याइएको बैंकले जनाएको छ । बैंककाअनुसार परिवार र बालबालिकाबीच हुने नगद कारोबारलाई डिजिटल गराउनु एपको उद्देश्य रहेको बैंकले जनाएको छ । साथै घरभित्रै हुने कारोबारलाई नगदरहित गर्न एपले महत्तवपूर्ण भुमिका निर्वाह गर्ने बैंकको दाबी छ ।

ग्लोवल आइएमई बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) सुमन पोखरेल डिजिटल बैंकिङमा ग्लोबल आइएमईलाई अग्रणी स्थानमा कायम राख्न बैंकले विभिन्न काम गरिरहेको बताउनु भयो । भौतिक कारोबार कम गर्न पनि एपले महत्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । 


परिवारले नै ह्यान्डल गर्नसक्ने गरी बालबालिकालहरूले भविष्यमा सहज रूपमा कारोबार गर्न सक्ने र बिना सिम एप चलाउन सकिने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here