हमाससँग युद्धविरामको लागि वार्ता गर्न माग गर्दै इजरायलभर विरोध प्रदर्शन


१८ भाद्र २०८१, मंगलवार ११:०७ मा प्रकाशित

गाजामा वन्धकहरूलाई फिर्ता गराउन हमाससँग युद्धविरामको लागि वार्ता गर्न माग गर्दै देशभर लाखौं इजरायलीहरूले जुलुस निकालेका छन् । प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई युवाविराम गरी गाजामा वन्धक नागरिक फिर्ता ल्याउन माग गरिएको हो ।

लगभग ७ लाख मानिसहरूले मुख्य सडकहरूमा र देशव्यापी जंक्शनहरूमा प्रदर्शनमा भाग लिएका थिए । ६५ लाख ५० हजारले तेल अवीवको केन्द्रिय ¥यालीमा भाग लिएका थिए । इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले ६ जना बन्धकको शव बरामद गरेको घोषणा गरेपछि बिहानैदेखि शुरु भएको विरोध प्रदर्शन रातभर जारी रह्यो । 


गाजाबाट दुई महिला र चार पुरुषको शव फेला परेपछि विरोध प्रदर्शन भएको हो । आइडीएफले सैनिकहरू आइपुग्नुभन्दा केही समयअघि हमासको सुरुङमा मारिएको बताएको थियो । छ जनालाई अक्टोबर ७, २०२३ मा इजरायली समुदायहरूमा हमासको आक्रमणको क्रममा जिउँदै पक्राउ गरिएको थियो । जसमा करिव हजार २ सय व्यक्तिको मृत्यु भएको थियो भने लगभग २५० अन्यलाई पक्राउ गरिएको थियो । 


सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here