पोर्चुगलको भिसा सेन्टर नेपालमै उपलब्ध गराउन पहल गर्छुः प्रश्तावित राजदुत पौडेल


१७ भाद्र २०८१, सोमबार १८:१५ मा प्रकाशित

काठमाडौं । पोर्चुगलका लागि प्रश्तावित राजदुत प्रकाशमणि पौडेलले नेपालमा पोर्चुगलको भिसा सेन्टर स्थापनाका लागि पहल गर्ने बताउनुभएको छ । हाल भारतबाट पोर्चुगलका लागि भिसा लिनुपर्ने विद्यमान अवस्थाको अन्त्य गर्दै नेपालमा नै त्यसको व्यवस्था गर्नका लागि आफूले राजदुत भएर गए पहल गर्ने उहाँको प्रतिवद्धता थियो ।

सोमवार संसदीय सुनुवाई समितिमा आफ्नो कार्ययोजना प्रश्तुत गर्दै प्रश्तावित राजदुत पौडेलले नेपालको व्यापार घाटा कम गर्न पनि आफूले सक्दो पहल गर्ने बताउनु भयो । राजदुत पदलाई मार्केटिङ म्यानेजरको रुपमा चित्रण गर्दै उहाँले अन्य देशहरुमा नेपालको उत्पादनको बजार खोजी गर्नु र बिस्तार गर्ने काममा आफू लागिपर्ने बताउनु भयो । प्रश्तावित राजदुत पौडेलले दुई देशबीचको संयन्त्रलाई प्रभावकारी ढंगले परिचालन गर्न पनि आफूले ध्यान दिने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here