मनाङमा केन्द्रबिन्दु भएर गयो भूकम्प


१५ भाद्र २०८१, शनिबार ०७:४० मा प्रकाशित

काठमाडौँ । मनाङमा केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ ।

बिहान ३ः४७ बजे मनाङ केन्द्र बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का लमजुङ, गोरखा र तनहुँसम्म महसुस गरिएको थियो ।

भूकम्पको गहिराई १० किलोमिटर रहेको भूकम्प मापन केन्द्रले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here