राष्ट्रपति पौडेलद्वारा भक्तपुर दरबार स्क्वायरको अवलोकन


१४ भाद्र २०८१, शुक्रबार १५:२७ मा प्रकाशित

काठमाडौं । सार्वजानिक स्थलमा राष्ट्रपति कार्यक्रम अन्तर्गत शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुर दरबार स्क्वायरको अवलोकन गर्नुभएको छ ।


राष्ट्रपति पौडेललाई शुक्रवार भक्तपुर दरबार स्क्वायरमा स्थानीयहरुले स्वागत गरेका हुन् ।  भक्तपुर दरबार स्क्वायरमा राष्ट्रपति पौडेलले सर्वसाधरणसंग संवाद समेत गर्नुभएको थियो । सो क्रममा सर्वसाधरणहरूले आम नागरिकको ठूलो बलिदानीबाट प्राप्त भएको गणतन्त्रको प्रतिफल नागरिकसम्म पु¥याउन अभिभावकका हैसियतले भुमिका निर्वाह गर्न आग्रह गरेका थिए ।

सो क्रममा राष्ट्रपति पौडेलले आम नागरिकको ठूलो बलिदानीबाट प्राप्त भएको गणतन्त्रको प्रतिफल नागरिकहरूसम्म पु¥याउनका लागि आफूले  शासन सञ्चालन गर्ने नेताहरूको ध्यानाकर्षण गराउने बताउनुभएको थियो । सो क्रममा भक्तपुर दरबार स्क्वायर क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिरको दर्शन, भैरवनाथ मन्दिर दर्शन र राष्ट्रिय कला संग्राहलय निरीक्षणसमेत गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here