देश अभिभावकबिहीन भयोः अध्यक्ष लिङदेन


१४ भाद्र २०८१, शुक्रबार १५:२५ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले देश अभिभावकबिहीन भएको बताउनुभएको छ । शुक्रवार काठमाडौंमा पार्टीको केन्द्रिय सल्लाहकार समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले नेपाली जनताको मत पाएर बनेका ठूला राजनीतिक दलहरु नै अस्थिरताको कारक रहेको बताउनु भयो । उहाँले आफूले पाएको मौकालाई राजनीतिक दलहरुले  व्यक्तिगत र पार्टीको जीवन शासनलाई चिरस्थायी बनाउने काममा मात्रै लगाएको आरोप लगाउनु भयो ।

उहाँले नेपालमा दुई दलीय व्यवस्था परिकल्पना गर्नेकुरा सामान्य कुरा नभएको पनि बताउनु भयो । काँग्रेस—एमालेको दुई दलीय शासन व्यवस्थाको परिकल्पना सामान्य नरहेको बताउनु भयो । उहाँले राजनीतिक दलहरुले सत्ताको दुरुपयोग गरिरहेको आरोप पनि लगाउनु भयो ।

उहाँले राप्रपा अब पनि जस्तो शक्ति बलियो नबने देशले अझै कष्ट व्यहोर्नुपर्ने बताउनु भयो । अध्यक्ष लिङदेनले अहिले देश हेर्दा सब ठिकठाक जस्तो लागेपनि भित्रभित्रै देशको परिस्थिति सामान्य नरहेको बताउनु भयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here