शिक्षा क्षेत्रलाई राजनीतिबाट अलग गर्नुपर्छः सांसद थापा


१३ भाद्र २०८१, बिहीबार १८:०१ मा प्रकाशित

काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का सांसद अम्मरबहादुर थापाले शिक्षा क्षेत्रलाई राजनीतिबाट अलग गर्नुपर्ने बताउनुभएको छ ।


बिहीवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद थापाले शिक्षालाई राजनीतिबाट अलग नगरे शिक्षा क्षेत्रमा सुधार सम्भव नभएको बताउनुभएको हो । उहाँले शिक्षा क्षेत्रमा राजनीतिक कार्यकर्ताकै रुपमा परिचालन गरेमा शिक्षाको सुधार नहुने बताउनु भयो ।

उहाँले शिक्षक र कर्मचारीलाई दलबाट अलग राख्नुपर्ने बताउनु भयो । उहाँले देशको शिक्षाकै कारण व्यक्तिहरु विदेश जाने बाध्यतामा परेका बताउनु भयो । उहाँले शिक्षा प्रणाली जागिरमुखि रहेको भन्दै यसलाई सीपमुलक र व्यवसायिक बनाउनुपर्नेमा जोड दिनुभयो । 

सांसद थापाले सरकारले शिक्षा, स्वास्थ्य, उत्पादन र गरिबी निवारणको क्षेत्रमा प्राथमिकता दिनुपर्ने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here