सांसद कार्कीको प्रश्नः भ्रष्टाचार गर्ने बेलामा मिलेर गर्ने अहिले एक–अर्कालाई दोषारोपण गर्ने ?


१३ भाद्र २०८१, बिहीबार १७:५३ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद रोशन कार्कीले संसद बैठकमा नेताहरुले एकअर्कालाई दोषरोपण गरेर झगडा गरिरहेका भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ ।


बिहीवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद कार्कीले संसद बैठकमा ठूला दलका नेताहरु एक–आपसमा आरोप–प्रत्यारोपमा उत्रिएका भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको हो । उहाँले नेताहरु झगडा गरेको देखेर आफ्नो दिमाग तातेर आएको बताउनु भयो ।

उहाँले अहिलेसम्म ठूला दलहरुले नै देशलाई यहाँ पु¥याएका बताउनु भयो । उहाँले भ्रष्टाचार गर्न बेलामा मिलेर गर्ने र अहिले एक अर्कालाई दोषारोपण गर्ने भनि प्रश्न समेत गर्नुभयो । उहाँले गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा युवाहरुले हो–हल्ला गर्नु गलत भएको पनि बताउनु भयो । सांसद कार्कीले शिक्षालयहरुलाई राजनीतिक भर्तिकेन्द्र बनाउनु नहुने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here