सही ढंगले सुन तस्करीको छानबिन भएको भए माओवादी केन्द्रका हेड क्वार्टरमा कोही बाँकी रहँदैन थिएः पदम गिरी


१३ भाद्र २०८१, बिहीबार १६:५७ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका सांसद पदम गिरीले सुन तस्करीको सही ढंगबाट छानबिन नगरेर तत्कालित पुष्पकमल दाहाल नेतृत्वको सरकारले नेकपा (माओवादी केन्द्र) का शिर्ष नेताहरु जोगाउने काम गरेको आरोप लगाउनुभएको छ ।


प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले सही ढंगबाट छानबिन भएको भए माओवादीका शिर्ष तहका कुनैपनि नेता बाँकी नरहने बताउनु भयो । उहाँले सुशासनको ठूला ठूला कुरा गर्ने तर बालुवाटारको जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीहरुलाई कारबाही गर्न नसकी उन्मुक्ति दिने काम गरेको बताउनु भयो ।

उहाँले गणतन्त्रपछिका ८ वर्ष उर्जा मन्त्रालयको नेतृत्व माओवादीले नै लिएको भन्दै सो अवधिमा किन वक्यौता नउठाएको भन्दै प्रश्न गर्नुभयो ।

उहाँले आफूले ट्रंक लाइन र डेडिकेटेड लाइनको वक्यौता उठाउन नसक्ने अनि वर्तमान सरकारलाई हिलो छ्याप्ने काममा नलाग्न चेतावनी दिनुभयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here