कृषि क्षेत्रलाई आधुनिकीकरण आवश्यकः सांसद बेलवासे


१३ भाद्र २०८१, बिहीबार १५:४६ मा प्रकाशित

नेकपा (माओवादी केन्द्र) की राष्ट्रिय सभा सदस्य गंगाकुमारी बेलवासेले कृषि क्षेत्रलाई आधुनिकीकरण गर्न आवश्यक रहेको बताउनुभएको छ । बिहीवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो ।

उहाँले कृषि क्षेत्रलाई आधुनिकीकरण गर्नका लागि कृषि औजारहरुको उत्पादन बढाउनुपर्ने बताउनु भयो । उहाँले औजारयुक्त कृषि बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले बेरोजगारीको अन्त्य र उत्पादनको उत्पादकत्व बढाउने कामलाई अघि बढाउन सरकारसँग आग्रह गर्नुभयो ।

उहाँले उत्पादनलाई बजारीकरण गर्ने,प्रशोधन गर्ने, औद्योगिकरणमा लैजानुपर्ने आवश्यकता औंल्याउनु भयो । उहाँले भूउपयोग गरेर खोला, तटका जमिनलाई उत्पादनमा लगाउनुपर्ने बताउनु भयो । सांसद बेलवासेले आन्तरिक उत्पादानमा जोड दिन आग्रह गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here