हवाई सुरक्षाको नियम पाइलटहरुले पालना नगर्दा धेरै दुर्घटना भयोः महानिर्देशक अधिकारी


१३ भाद्र २०८१, बिहीबार १४:२३ मा प्रकाशित

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले हवाई सुरक्षाको नियम पाइलटहरुले पालना नगर्दा धेरै हवाई दुर्घटना भएको बताउनुभएको छ ।बिहीवार वायुसेवा सञ्चालक संघले हवाई सुरक्षा सम्बन्धि कार्यक्रममा बोल्दै महानिर्देशक अधिकारीले यस्तो बताउनुभएको हो ।

उहाँले नेपालको हवाई सुरक्षामा दाग लागेको ९८ वटा दुर्घटना हवाई सुरक्षा नियम लागू नगरेर भएको दाबी गर्नुभयो । उहाँले नेपालका पाइलटहरुले नागरिक उड्डयन प्राधिकरणले बनाएको नियम भन्दा बाहिर गएर खराब मौसममा भित्र जहाज लैजाँदा दुर्घटना भएको बताउनु भयो । उहाँले नेपाली पाइलटहरुले गोर्खाली बहादुरी धेरै देखाउँदा ९८ वटा दुर्घटना बादलभित्र जहाज लैजाँदा भएको प्रमाणित भइरहेको उल्लेख गर्नुभयो ।

उहाँले हवाई दुर्घटना वृद्धि हुँदा अनुभवि पाइलट र राज्यले धेरै क्षति व्यहोरेको भन्दै अब हवाई उडानलाई सुरक्षित बनाउने विषयमा गम्भिर हुन आवश्यक रहेको बताउनु भयो । उहाँले नेपालमा विश्वमा नभएका हवाई दुर्घटना नेपालमा भएको भन्दै नेपालमा भएका धेरै हवाई दुर्घटनाहरु बादलभित्र वा खराब मौसममा छिर्दा पहाडमा ठोक्किने र जंगलमा ठोकिएर भएको बताउनु भयो ।

उहाँले भिएफआर उडानमा खराब मौसम हेरेर उडान गर्नुपर्ने नियम बनाएको भएपनि पाइलटहरुले पालना नगरेको बताउनु भयो । उहाँले तथ्याङ्क हेर्दा धरै अग्रज पाइलटहरुको हवाई दुर्घटनामा मुत्यु भएको बताउनु भयो । उहाँले जहाजमा गम्भिर समस्या भएर हवाई दुर्घटना नभएको उल्लेख गर्नुभयो । उहाँले हवाई सञ्चालकहरु पनि धेरै माथि जान वा पैसा कमाउन हतार भएकाले शेयर होल्डरले उडान नगर भन्दा रेगुलेटर विरुद्ध सर्वोच्च पुगेकाले ठूलो क्षति हुन पुगेको दाबी गर्नुभयो ।

उहाँले पछिल्लो दुई वर्षमा धेरै शेयर होल्डर पाइलटहरु हेलिकप्टर दुर्घटना भएर मुत्यु भएको भन्दै यसको जिम्मा कसले लिने भन्दै सञ्चालकहरुलाई प्रश्न गर्नुभयो । उहाँले शेयर होल्डरले हेलिकप्टर उडान नगर भनेर सर्कुलर बिरुद्ध सर्वोच्च गएर उडान गर्दा कति शेयर होल्डर पाइलटहरु दुर्घटनामा परेकाले सञ्चालकहरुले सोच्न आवश्यक रहेको बताउनु भयो । उहाँले हवाई दुर्घटना हुनुको मुख्य समस्या पाइलटले खराब मौसममा बादलभित्र जहाज लैजान भएको भन्दै अन्य कुनै समस्या नभएको बताउनु भयो । उहाँले हवाई दुर्घटनाको समस्या ठाउँमा भए पनि सरकारले औषधि अन्य ठाउँमा लगाई रहेको बताउनु भयो । 

उहाँले लगानीकर्ताले हेलिकप्टर उडान गर्न नहुने भन्दै सञ्चालकहरु तयार हुन आवश्यक रहेको बताउनु भयो । उहाँले सञ्चालकहरुले सर्वोच्च गएर गलत गरिए भन्ने र फेरि उक्त नियम लागू गर्नु आवश्यक रहेको बताउनु भयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here