लेबनानबाट गाजालाई समर्थन जारी राख्ने हिजबुल्लाहको प्रतिवद्धता


१३ भाद्र २०८१, बिहीबार ११:१८ मा प्रकाशित

काठमाडौं । हिजबुल्लाहका महासचिव सय्यद हसन नसरल्लाहले आफ्नो समूहले लेबनानबाट गाजालाई सहयोग जारी राख्ने बताउनुभएको छ । लेबनानी मोर्चालाई असर गर्ने कुनैपनि आशा असफल हुने बताउनु भयो ।

हिजबुल्लाहले गत महिना बेरुतको दक्षिणी उपनगरहरूमा इजरायली हवाई हमलामा आफ्ना कमाण्डर फाउद शोकोरको हत्याको बदला लिन इजरायलमा सयौं रकेटहरू प्रहारको घोषणा ग¥यो । यसैबीच इजरायलले दक्षिणी लेबनानमा हिजबुल्लाहका रकेट लन्चरहरूलाई लक्षित गरी पूर्वनिर्धारित हवाई आक्रमण गरेको घोषणा गरेको छ । यसअघि हिजबुल्लाहले उचित समय र स्थानमा शोकोरको हत्याको निश्चित र पीडादायी जवाफ दिने धम्की दिएको थियो ।

हिजबुल्लाह दहेहमा क्रूर आक्रमण लाई जवाफ दिन प्रतिवद्ध र दृढ रहेको बताउनु भयो । हिजबुल्लाहका रकेट लन्चरहरूमा इजरायलले दाबी गरेको पूर्वनिर्धारित हवाई आक्रमणको सम्बन्धमा नसरल्लाहले आजको अपरेशन वा आफ्ना लडाकुहरूमा कुनै प्रभाव नपरेको बताउनु भयो ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here