नेपालमा वन डढेलो नियन्त्रणका लागि बजेट र जनशक्तिको अभाव छः मन्त्री शाही


११ भाद्र २०८१, मंगलवार १७:४६ मा प्रकाशित

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले नेपालमा हाल वन डढेलो नियन्त्रणका लागि हेलिकप्टर प्रयोग गर्ने सम्भावना नरहेको बताउनुभएको छ । मन्त्री शाहीले हेलिकप्टर प्रयोग गर्ने लगायतका जनशक्ति र बजेट दुवै नभएकाले वन डढेलो नियन्त्रणका लागि हेलिकप्टर प्रयोग गर्ने कार्यक्रम सरकारले तय गर्न नसकेको स्पष्टिकरण दिनुभएको हो ।

मंगलवार प्रतिनिधि सभा बैठकमा वन डढेलो नियन्त्रणका लागि हेलिकप्टर प्रयोग गर्नेबारे सांसद प्रेम सुवालले मन्त्री शाहीसँग जिज्ञासा राख्नुभएको थियो । तर बजेट र जनशक्ति दुवैको अभावमा सो काम हुन नसकेको बताउनु भयो । मन्त्री शाहीले वन डढेलो नियन्त्रण गर्न हेलिकप्टरको प्रयोग प्रभावकारी हुने अनुभुति भने आफूले पनि गरेको बताउनु भयो । 

मन्त्री शाहीले वन डढेलो नियन्त्रणका लागि सरकारले स्थानीय वन समूहरुको परिचालन गरी सचेतनामुलक कार्यक्रम पनि देशभर सञ्चालन गरेको बताउनु भयो । उहाँले सरकारले चालु आर्थिक वर्ष एक करोड वृक्षारोपण गर्ने कार्यक्रम अघि बढाएको पनि बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here