डा.मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी निस्काषन गर्ने रास्वपाको निर्णय


११ भाद्र २०८१, मंगलवार १७:४४ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्वमहामन्त्री डा.मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । मंगलवार पार्टी केन्द्रिय कार्यालय वनस्थलीमा बसेको पार्टीको केन्द्रिय समितिको बैठकले पूर्वमहामन्त्री ढकाललाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो ।

बैठकका निर्णय जानकारी गराउँदै पार्टीका कायममुकायम प्रवक्ता मनिष झाले बैठकले अनुशासनात्मक कारबाहीअन्तर्गत पूर्वमहामन्त्री डा.मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको बताउनु भयो ।

उहाँले बैठकमा पार्टी सभापति रवि लामिछानेले वर्तमान राष्ट्रिय राजनीतिको बारेमा जानकारी गराउनुभएको, आश्विन १ र २ गते हुन लागेको राष्ट्रिय भेलासम्बन्धी तयारीबारे छलफल भएको बताउनु भयो । उहाँकाअनुसार बैठकले राष्ट्रिय भेलासम्बन्धी तयारीका लागि १५ वटा उपसमिति गठन गरेको बताउनु भयो ।

उहाँले वडादेखि नै छायाँ सरकारको परिकल्पना गरी त्यसको अभ्यास गरिरहेको र त्यसको कार्यविधि बैठकमा प्रश्तुत गरिएको पनि जानकारी दिनुभयो । प्रवक्ता झाले पार्टीको संरचना अझै सशक्त बनाउने बारेमा पनि छलफल भएको बताउनु भयो । आफ्नो पार्टीमा रहेका महिलाहरुले भदौ १९ गते सर्वदलीय महिला राजनीतिज्ञहरुलाई बोलाएर तिज विशेष कार्यक्रम पार्टी केन्द्रिय कार्यालयमा गर्ने निर्णय भएको बताउनु भयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here