बिर्तामोड । रोटरी क्लव अफ बिर्तामोडको दशैँ तथा रोट्रयाक क्लब अफ बिर्तामोडको सातौँ पद हस्तान्तरण कार्यक्रम आइताबर संयुक्तरुपमा सम्पन्न भएको छ ।
बिर्तामोड स्थित आदर्श व्याङकट पार्टी प्यालेसमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि डिष्ट्रीक गभर्नर नोमिमी सन्तोष रिजाल, चार्टर प्रेसिटेण्ट कुमार गिरी र आइपिपि अमोद आचार्यले रोटरी क्लब अफ बिर्तामोडका सन् २०१९/२०२० अध्यक्ष निकिता गिरीलाई बिर्तामोड च्याप्टरको प्रमाण पत्र र ग्यावल गन प्रदान तथा रोटरीको कलर पहिर्याएर पद हस्तान्तरण गराएका थिए भने प्रमख अतिथि रिजालले उनलाई पद तथा गोपनियताको सपथ गराएका थिए ।

आफुले सपथ ग्रहणसहित पदभार ग्रहण गरे पश्चात अध्यक्ष गिरीले मिटिङको कल तथा निर्देशन गरेकी थिईन् । आफुले सपथ लिएपछि उनले अन्य पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ गराएकि थिईन् । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि विशिष्ट अतिथिसहित अनय रोटरियनहरुले रोटरीको पिन प्रदान गरेका थिए । रोट्रयाक क्लब अफ बिर्तामोडको सन् २०१९/२०२० अध्यक्ष राज मुखियालाई प्रमुख अतिथि, क्लबका पीपीलगायतले लाई च्याप्टरको प्रमाण पत्र र ग्यावल गन प्रदान तथा रोट्रयाकको कलर पहिर्याएर पद हस्तान्तरण गराउदैं जोन १ रोट्रयाकका प्रतिनिधि हेनिज दासले पद तथा गोपनियताको सपथ गराएका थिए । त्यस लगत्तै अध्यक्ष मुखियाले आफ्नो कार्यसमितिको अन्य पदाधिकारीहरलाई पद तथा गोपनियताको सपथ गराए ।
क्लबका आइपिपि अमोद आचार्य तथा रोट्रयाकका निवर्तमान अध्यक्ष बशन्त बस्नेतले सन् २०१८/२०१९ आफ्नो कार्यकालमा क्लबले भए गरेका कामको चर्चा गरेका थिए । नवनिर्वाचित अध्यक्षद्वय गिरी र मुखियाले आगामी वर्षको भावी योजना प्रस्तुत गरेका थिए । गिरीले आगामी दिनमा सवैक्षेत्रबाट सहयोग र सदभावको अपेक्षा समेत व्यक्र गरीन् ।
रोटरियन बबिता गिरीले क्लबका नयाँ तीनजना सदस्यको नाम सार्वजनिक गदैं उनीहरुको विवरण प्रस्तुत गरीन् । लगत्तै नयाँ सदस्यहरु क्रमस अर्जुुनकुमार चुडाल, सञ्जिव घिमिररे र अशोक धानुकालाई कार्यक्रमका विशिष्ट अतिथि असिष्टेण्ड गर्भनर भैररव रिजालले पद तथा गोपनियताकोे सपथ गराएका थिए भने सन्तोष रिजाल, सञ्जय गिरी र कुमार गिरीले पद तथा गोपनियताको सपथ तथा प्रमुख अतिथि पोखरेलले रोटरीको पिन प्रदान गरेका थिए ।
रोटरी अन्तर्राष्ट्रिय डिष्ट्रीक ३२९२ का डिष्ट्रीक गभर्नर इलेक्ट तथा २०२०/२०२१ का डिष्ट्रिक गर्भनर रोटरियन राजीव पोखरेले रोटरीको पिन प्रदान गरेका थिए । प्रेसिडेण्ट इलेक्ट निर्मल भट्टराईले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि डिष्ट्रीक गभर्नर नोमिमी सन्तोष रिजाल, गर्भनर अफ जोन भैरव रिजाल, डिष्ट्रिक टेनर जितेन्द्रराज भण्डारी, पीडीजी सञ्जय गिरी लगायतले सम्बोधन गरेका थिए भने रोटरियन नवीन गट्टानीले प्रमुख अतिथि डिष्ट्रीक गभर्नर नोमिमी सन्तोष रिजालको व्याक्तित्वमाथि प्रकाश पारेका थिए । कार्यक्रममा असिष्टेण्ड गर्भनर कुमार गिरीले टस्ट प्रोेपोजल प्रस्तुत गरेका थिए ।
कार्यक्रममा विर्तामोड, भद्रपुर, दमक, सुरुङ्गा, विराटनगरका रोटरी तथा रोट्रयाक विभिन्न राजनीतिक दलका, संघ संगठन तथा बैंकका प्रमुख प्रतिनिधिहरु, पत्रकारहरु, सुरक्षाकर्मीहरु लगायतको सहभागिता थियो । कार्यक्रममा विभिन्न कलाकारहरुले गीत प्रस्तुत गररेका थिए । रोटरियन राजकुमार पोखरेलले सहभागी सबैलाई स्वगत गरेका थिए भने क्लबका पीपी विनोद बस्नेतले धन्यवाद ज्ञापन गरे ।





