पाङग्रेभीर-पहिरो हटाएपछि मेचीराजमार्ग एकतर्फी संचालनमा


६ श्रावण २०७६, सोमबार १०:३५ मा प्रकाशित

पाँचथर । पहिरो पन्छाएपछि एक हप्ता अघिदेखि अवरुद्ध रहेको मेची राजमार्ग अन्र्तगत राँके—फिदिम सडकखण्ड अन्र्तगत पाङग्रेभीर एकतर्फी सुचारु भएको छ ।

बुधबार बेलुकाबाट सडकमाथिको पहिरो झरेर अवरुद्ध भएको उक्त सडक आइतबार दिउँसोबाट एकतर्फी सुचारु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरका प्रमुख जनक तिम्सिनाले बताए । एक हप्ता देखि रोकिएर रहेका दर्जनौ गाडीहरु हिजो बाट आ—आफ्नो गन्तब्यतर्फ प्रस्थान गरेका थिए । पहिरो झर्ने क्रम भने नरोकिएको हुँदा स्काभेटर उक्त स्थानमै राखिएको र झरेको पहिरो पन्छाउँदै सवारी साधानहरुलाई गनतब्य तर्फ पठाउने कार्य भइरहेको कार्यालय प्रमुख तिम्सिनाले बताए ।

वर्षा नरोकिएको कारण झरेको सबै पहिरो पन्छाउन नसकिएको हुँदा अहिले एकतर्फी भएपनि सवारी साधान संचालनमा आएका छन् । मेची राजमार्ग अन्तर्गत राँके– फिदिम सडकखण्डको फाल्गुनन्द गाउँपालिका–३ को पाँङ्ग्रेभीरमा पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको थियो ।

पहिरोले राजमार्ग अवरुद्ध भएपछि पहाडि जिल्लाहरु पाँचथर, ताप्लेजुङ, तेह्रथुम क्षेत्रबाट तराई जान छुटेका र यसतर्फ आउदैं गरेका सवारी साधरणहरु बिच बाटोमै रोकिएका थिए । सडक अवरुद्ध भएपछि गुम्बाडाँडा हुँदै राँके जाने सडकको पनि मर्मत सम्भार भइराखेको फाल्गुनन्द ३ का वडाअध्यक्ष सुकविर नेम्बाङले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here