नेकपाले टुंग्यायो ७७ जिल्ला कमिटीका इन्चार्ज-सहइन्चार्ज


५ श्रावण २०७६, आईतवार १७:१७ मा प्रकाशित

बाठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्ना ८३ जिल्ला कमिटीका इन्चार्ज–सहइन्चार्जको टुंगो लगाएको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले ७७ जिल्ला कमिटी र जिल्ला कमिटीकै मान्यता पाएका ६ वटा महानगरका इन्चार्ज–सहइन्चार्जको नाम अनुमोदन गरेको हो । अनुमोदिन नामहरु छिटै सार्वजनिक गर्ने र स्थायी तथा केन्द्रिय समिति बैठकमा पेश गरिने नेकपाले जनाएको छ ।

यसअघि शीर्ष नेताहरुको बैठकले जिल्ला इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रका इन्चार्जलाई दिने सहमति गरेको थियो । सो अनुरुप भागबन्डाका आधारमा पूर्व एमालेले इन्चार्ज पाउने ठाउँमा तत्कालीन माओवादी केन्द्रका इन्चार्जले सहइन्चार्ज पाएका भने माओवादी केन्द्रले इन्चार्ज पाएको स्थानमा पूर्व एमालेका जिल्ला इन्चार्जले सहइन्चार्जको जिम्मेवारी पाएका छन् ।

त्यस्तै सचिवालय बैठकले ६ वटा महानगरपालिकाको पनि इन्चार्ज र सहइन्चार्ज टुंगो लगाएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । प्रवक्ता श्रेष्ठले विभिन्न विभाग, आयोग र निकाय र प्रवास विभागको एकीकरण अर्को बैठकले टुंग्याउने जानकारी दिए । अर्को बैठक मंगलबार दिउँसो १ बजे धुम्बाराहीमा बस्ने प्रवक्ता श्रेष्ठले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here