प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री बनाऔँः माओवादी सांसद चन्द


९ भाद्र २०८१, आईतवार १४:२९ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) की सांसद रेणु चन्दले प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री बनाउन आवश्यक रहेको बताउनुभएको छ । आईतवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री बनाउनुपर्ने नेकपा (माओवादी केन्द्र) को धारणा रहेको बताउनु भयो । उहाँले संविधान संशोधन गर्ने सत्तामा रहेका दुई ठूला राजनीतिक दलहरुले स्पष्ट धारणा ल्याउनुपर्ने बताउनु भयो ।

उहाँले चुनावी घोषणा पत्रमा संविधान संशोधनको विषय नराखेकाले जनअनुमोदित बनाएर मात्रै संविधान संशोधन हुनुपर्ने बताउनु भयो । सांसद चन्दले समानुपातिक समावेशीलाई दोष लगाउनु भन्दा सही अन्वेषण गर्नुपर्ने बताउनु भयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here